प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०७९
शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न ।
२०७९-१०-१२

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा मिति २०७९।१०।१२ गते जिल्ला दाङ, लमही नगरपालिका वडा नं. ४ मन्त्र होटलमा शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके र जिल्ला प्रहरी कार्यालय (१२) गरी १७ प्रहरी कार्यालयहरुले आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो । साथै, यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. टेक प्रसाद राई ज्यूले नि:शुल्क प्रहरी सेवा, नागरिक मैत्री प्रहरी, सम्बृद्धि सहितको सुशासन, तस्करी नियन्त्रण, भष्ट्राचारमा शुन्य सहनशिलता लगायतका विषयहरुलाई प्राथमिकतामा राखी सुधार गर्नका लागि आवश्यक सुझाव सहितको निर्देशन दिनुभयो ।

पत्रकारसंग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
२०७९-१०-११

आज मिति २०७९।१०।११ गते यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पत्रकारसंग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाईन मिडियामा कार्यरत १९ जना संचारकर्मीहरु लगायत यस कार्यालयका प्र.ना.म.नि. टेक प्रसाद राई ज्यू, प्र.ब.उ. दिपक कुमार बस्नेत ज्युका साथै अन्य  सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले समयमै सूचना प्रवाहलाई जोड दिनु पर्ने कुरा राख्नु भयो भने प्र.ना.म.नि. ज्यूले सूचना प्रवाहमा देखिएका समस्यालाई समाधान गरी समयमै सूचना प्रवाह गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो ।